युरोपियन युनियन र महानगरको आर्थिक सहयोगमा टेकुस्थित विभाग परिसरमा प्लान्ट स्थापना गरिएको काठमाडौं महानगरपालिका कार्यालय वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।

काठमाडौं, फागुन २० ,
काठमाडौं महानगरपालिकाले विगत पाँच वर्षदेखि निष्क्रिय रहेको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउने निर्णय गरेको छ । युरोपियन युनियन र महानगरको आर्थिक सहयोगमा टेकुस्थित विभाग परिसरमा प्लान्ट स्थापना गरिएको काठमाडौं महानगरपालिका कार्यालय वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । घरायसी फोहोरबाट उर्जा उत्पादन गर्ने र गैर-जैवविघटन गर्न नसक्ने फोहोर व्यवस्थापनको दिगो बाटो खोज्ने यस आयोजनाको लक्ष्य रहेको छ । युरोपियन युनियन बाट रु ४ करोड ६० लाख र कामपा कार्यालयको रु १८.०२ करोडको लागतमा निर्माण भएको आयोजना पुनर्स्थापनाका लागि स्थानीय सरकारले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्पर्क राखेको छ । ३ हजार किलो जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने यो आयोजना कार्यान्वयन गर्न दैनिक तीन मेट्रिक टन बायोडिग्रेडेबल फोहोर चाहिन्छ। सन् २०७० मा सञ्चालनमा आएको प्लान्ट सञ्चालन गर्न दक्ष जनशक्तिको अभावमा पाँच वर्षअघि आधिकारिक रूपमा बन्द गरिएको थियो।

