गृहमन्त्री लामिछानेको नागरिकता मुद्दाको सुनुवाइ सकियो

माघ १३, काठमाडौँ
सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको सुनुवाइ सकिएको छ ।

आज गृहमन्त्री लामिछानेका तर्फबाट कानुन व्यवसायीले आफ्नो बाँकी बहस पेस गरेका छन् । त्यसपछि निवेदकहरूले आफ्नो जवाफ दिएपछि सुनुवाइ सकिएको थियो ।

छलफल सकिए पनि आज संक्षिप्त विज्ञप्तिमार्फत वा निर्णय घोषणा गर्ने मिति तय गरी निर्णय गरिने छ ।

लामिछानेको सांसद बन्ने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले गत पुस १४ गते लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै निवेदन दिएका थिए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर