दाहाललाई विपक्षी बनाएर रामेछापका ज्ञानेन्द्रराज अरणसहित १४ जनाले रिट दायर गरेका छन् ।

फागुन २३ , काठमाडौँ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाललाई विपक्षी बनाएर रामेछापका ज्ञानेन्द्रराज अरणसहित १४ जनाले रिट दायर गरेका छन् । अध्यक्ष दाहालले केही समयअघि दिएको अभिव्यक्तिको विषयलाई लिएर रिट दायर गरिएको बताइएको छ ।

