यात्री मोटरसाइकलका प्राविधिक निर्देशक ठाकुर पौडेलका अनुसार नयाँ व्यवस्थाले स्वदेशी सवारी उत्पादक र सवारीसाधनप्रेमीलाई पनि सकारात्मक सन्देश दिएको छ ।

काठमाडौं, वैशाख १५,
यातायात व्यवस्था विभागले स्वदेशमा उत्पादित सवारीसाधन दर्ता गर्दा उत्पादक तथा मालिकले भोग्नुपरेको कानूनी जटिलतालाई हटाउँदै यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६४ मा नयाँ प्रावधान थपेको छ । यातायात व्यवस्था कार्यविधि निर्देशिका २००४ मा आज संशोधन गर्दै विभागले नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन दर्ता गर्ने विशेष व्यवस्था गरेको छ ।
निर्देशिकाको दफा ११.१.९ अन्तर्गतको नयाँ व्यवस्था अनुसार पार्टपूर्जा वा सामग्री पैठारी गरी स्वदेशभित्रै एसेम्बल वा निर्माण गरिएका सवारी साधनले दर्ता, स्थानान्तरण, लिलामी, परिमार्जन वा पुन: आयात गर्न भन्सार कार्यालयबाट आयात सूचना पत्र बुझाउनुपर्ने छैन ।यात्री मोटरसाइकलका प्राविधिक निर्देशक ठाकुर पौडेलका अनुसार नयाँ व्यवस्थाले स्वदेशी सवारी उत्पादक र सवारीसाधनप्रेमीलाई पनि सकारात्मक सन्देश दिएको छ ।
देशभित्रै उत्पादन भएका सवारीसाधन दर्ताका लागि नियमावली नहुँदा ट्राफिक अधिकारी र त्यस्ता अटोमोबाइलका मालिकहरूबीच निरन्तर झगडा हुने गरेको छ र उत्पादकहरूले उत्पादन रोक्न बाध्य भएका छन् ।

