राष्ट्र बैंकले बैंकहरुलाई आकस्मिक सार्वजनिक बिदामा सेवाहरु उपलब्ध गराउन निर्देशन

अत्यावश्यक सेवाहरू सुनिश्चित गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि निश्चित समयहरू बिहान १० बजे देखी दिनको १:३० सम्म तोकेको छ।

फागुन १३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समय सम्बन्धी व्यवस्था परिमार्जन गर्दै आकस्मिक सार्वजनिक बिदामा निश्चित प्रकारका सेवा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ । आकस्मिक सार्वजनिक बिदामा नगद कारोबार, चेक क्लियरेन्स र रियल टाइम ग्रस सेटलमेन्ट जस्ता अत्यावश्यक सेवाहरू सुनिश्चित गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि निश्चित समयहरू बिहान १० बजे देखी दिनको १:३० सम्म तोकेको छ। यसअघि बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक बिदामा सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरिवेक्षण विभाग, राष्ट्र बैंकलाई पूर्व सूचना दिनुपर्ने थियो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर