माघ ६ ,ललितपुर बिराटनगर काठमाडौ
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही फेब्रुअरी १४ देखि २१ गतेसम्म हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले नामिबिया र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिज खेल्दैछ ।नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले फेब्रुअरी १४ र १८ मा नामिबियासँग डबल हेडर ढाँचामा खेल्नेछ । नेपालले फेब्रुअरी १७ र २१ मा स्कटल्याण्डसँग खेल्नेछ भने फेब्रुअरी १५ र २० मा स्कटल्याण्ड र नामिबिया भिड्नेछन् ।
संयुक्त अरब इमिरेट्स (युएई), पपुवा न्युगिनी (पीएनजी), ओमान र संयुक्त राज्य अमेरिका (अमेरिका) सहित सात टोलीबीच २४ खेलबाट १८ अंक जोडेको नेपाल हाल टोलीको छैटौं स्थानमा छ।

