लिमासोल, साइप्रस – नेपाली संगीतप्रेमीहरूका लागि एक रोमाञ्चक खबर! चर्चित कलाकार Bless D Koinch र उनको टोलीले आयोजना गरेको बहुप्रतीक्षित ‘5:55 युरोप टुर’ अन्तर्गतको विशेष कार्यक्रम अप्रिल २१, २०२५ मा लिमासोलको Empire Nightclub मा हुने निश्चित भएको छ।

कार्यक्रमको उद्घाटनमा Star, Bijay, Asid र Ari जस्ता लोकप्रिय नेपाली कलाकारहरूको लाइभ संगीत प्रस्तुति रहनेछ। साथमा, DJ Prince, DJ Bless, र DJ Chryso ले सांगीतिक माहोललाई झनै ऊर्जाशील बनाउनेछन्।
दिउँसो १ बजेबाट सुरु हुने भनिएको यस कार्यक्रममा लाइभ म्युजिक, डान्स, लक्की ड्र, गिफ्ट ह्याम्पर, गिभअवे लगायत विभिन्न आश्चर्यजनक सरप्राइजहरू समेत समावेश गरिनेछ।
यस कार्यक्रमको आयोजना Bless D Koinch & The Crew, Pandav Events, र Eyepoppers को संयुक्त पहलमा गरिएको हो। नेपाली संगीत, कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले यो टुर सञ्चालन गरिएको हो।
टिकट तथा थप जानकारीका लागि सम्पर्क:
- निकोसिया: 96 372209
- लिमासोल: 96 165847
- पाफोस: 94 089146
विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि सांगीतिक सुरिलो अनुभव दिलाउने यस कार्यक्रमलाई कसै गरी पनि छुटाउनुहुने छैन।


