अधिकारीको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ कार्यसमिति चयन, फुड फेस्टिवल भव्यताका साथ सम्पन्न

काठमाडौं, वैशाख ७

विश्वभर छरिएर रहेका नेपाली सेफहरूलाई एउटै मञ्चमा एकीकृत गर्ने उद्देश्यले स्थापना गरिएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (INCS) को नयाँ केन्द्रीय कार्यसमिति शनिबार काठमाडौंमा चयन गरिएको छ। सन् २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय नयाँ कार्यसमितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध चयन भएका छन्।

भृकुटीमण्डपमा आयोजित भव्य अधिवेशन तथा फुड फेस्टिवल कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले नव-निर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाली खानाको अन्तर्राष्ट्रियकरणमा सेफहरूले पर्यटन दूत का रूपमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए।

नवगठित कार्यसमिति:

  • अध्यक्ष: अरुण अधिकारी
  • वरिष्ठ उपाध्यक्ष: श्याम अमगाईं
  • उपाध्यक्षहरू: सूर्य भण्डारी, साइ कुमार शर्मा, श्याम भण्डारी
  • महासचिव: दीपक कार्की
  • सचिव: बलराम खतिवडा
  • सह–सचिव: राजकुमार गिरी
  • कोषाध्यक्ष: विष्णु खत्री
  • सह–कोषाध्यक्ष: हरिराम घिमिरे
  • प्रवक्ता: युवराज तामाङ

सदस्य तथा बोर्ड सदस्यहरू:

उद्धव श्रेष्ठ, फनिन्द्र पन्थ, लक्ष्मण सापकोटा, राम सेन, बरुण सिंह, वासुदेव भुसाल, शखबिर लामा, ईश्वर पन्त, सुवास थापा, सरोज थापा, कुमार तिमिल्सिना, बाबुराम कार्की, दीपक मरासिनी, अमरदीप कार्की, दीपक भुसाल, विनोद सोनी, विमल कार्की, टेक खनाल, गोविन्द राई, राम कुमार जोशी, प्रकाश बुढाथोकी, वेदप्रसाद अधिकारी, लालबहादुर कौशल, हुमन लिम्बू, कृष्णहरि सापकोटा लगायतका रहेका छन्।

सेफहरूको अन्तर्राष्ट्रिय अभियान

अध्यक्ष अरुण अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै नेपाली खानाको स्वाद, विविधता र परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्य रहेको उल्लेख गरे। उनले आधुनिक प्रविधिको प्रयोग र गुणस्तरीय सेवा मार्फत नेपाली परिकारहरूलाई विश्व प्रतिस्पर्धामा उभ्याउनुपर्ने आवश्यकता औंल्याए।

“३६ भन्दा बढी देशमा कार्यरत नेपाली सेफहरूको सक्रियताले यो अभियानलाई अन्तर्राष्ट्रिय स्वरूप दिएको छ,” उनले भने।

विविध कार्यक्रम तथा सांस्कृतिक प्रस्तुति

कार्यक्रममा सोसाइटीको आधिकारिक गीति एल्बम को विमोचन गरिएको थियो, जसमा नेपाली मौलिक खानाको प्रवर्द्धन समेटिएको छ।

त्यसैगरी, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा ले सेफहरूको योगदानको खुलेर प्रशंसा गरे भने महासचिव गिरिराज भट्ट ले स्वागत मन्तव्य दिंदै विदेशी भूमिमा नेपाली खानाको प्रतिनिधित्व गर्दै आएका सेफहरूको प्रयासमा गर्व व्यक्त गरे।

कुकिङ प्रतियोगिता तथा सम्मान कार्यक्रम

गत वैशाख ४ गते ललितपुरमा सम्पन्न इन्टरकलेज कुकिङ प्रतियोगिता का विजेता टोलीहरूलाई नगद पुरस्कारसहित सम्मान गरियो:

  • प्रथम पुरस्कार: कुलिनरी आर्ट्स — रु. १,००,०००
  • दोस्रो पुरस्कार: स्टार सेफ हस्पिटालिटी — रु. ७५,०००
  • तेस्रो पुरस्कार: ह्वाइट हाउस कलेज — रु. ५०,०००

त्यसैगरी, विभिन्न देशमा कार्यरत १५ जना अन्तर्राष्ट्रिय नेपाली सेफहरूलाई विशेष सम्मान समेत प्रदान गरिएको थियो।

फुड फेस्टिवलको आकर्षण

कार्यक्रमसँगै आयोजित फुड फेस्टिवल मा ५० वटा स्टलहरू राखिएका थिए। तीमध्ये ४० वटा खानाका, ५ वटा रैथाने बालीको प्रदर्शनी, र ५ वटा पर्यटन जानकारी केन्द्रित स्टलहरू थिए।

नेवारी, थकाली, थारु, राई, लिम्बु लगायत विभिन्न जातीय समुदायका परिकारहरूले दर्शकको आकर्षण खिचे। सांस्कृतिक झाँकी, लोककलाकारहरूको प्रस्तुति तथा पर्यटन प्रवर्द्धन सम्बन्धी विभिन्न गतिविधिहरूले कार्यक्रमलाई झनै आकर्षक र जीवन्त बनाएका थिए।

भावी योजना र प्रतिबद्धता

नवगठित कार्यसमितिले नेपाली खानाको अन्तर्राष्ट्रिय प्रचार–प्रसार, सेफहरूको क्षमता अभिवृद्धि, गुणस्तरीय सेवा प्रवर्द्धन तथा पर्यटन विकासमा समर्पित रहन प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाले आगामी दिनमा विभिन्न अभियान, तालिम, नेटवर्किङ तथा अन्तर्राष्ट्रिय कार्यक्रममार्फत नेपाली सेफहरूको पहिचान सुदृढ बनाउने योजना अघि सारेको छ।

कार्यक्रमका केही झलकहरु :

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर