
नागरिक संवाददाता ,साइप्रस — नेपाल तामाङ घेदुङ साइप्रसको चौथो अधिवेशन तथा आठौं वार्षिकोत्सव लिमासोलस्थित इन्डियन रेस्टुरेन्टमा संस्थाको सल्लाहकार माया लोप्चन तामाङको अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त अधिवेशनमा ब्रिटिश गोर्खामा कार्यरत अमृत मोक्तान तामाङ प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। सन् २०१६ मा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रस विभिन्न कारणवश केही समयदेखि निष्क्रिय थियो। तर, हाल अध्ययन तथा रोजगारीको सिलसिलामा साइप्रसमा बसोबास गर्ने नेपालीहरूको संख्या बढ्दै गएका कारण उक्त संस्थाले निरन्तरता पाउने उद्देश्यले अधिवेशन तथा वार्षिकोत्सव आयोजना गरिएको हो। कार्यक्रममा २०२३/२०२४ को वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
चौथो अधिवेशनबाट प्रदिप ग्लान तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरू निम्नानुसार रहेका छन्:
नवगठित कार्यसमिति:
- अध्यक्ष: प्रदिप ग्लान तामाङ
- वरिष्ठ उपाध्यक्ष: नानी माया मोक्तान तामाङ
- उपाध्यक्षहरू: विजय स्याङ्बो तामाङ, गंगा माया तामाङ
- महासचिव: युवराज सिङ्तान तामाङ
- सचिवहरू: अजय राज मोक्तान तामाङ, मौसमी तामाङ
- कोषाध्यक्ष: कमला दोङ तामाङ
- सह-कोषाध्यक्ष: अरुण दोङ तामाङ
सदस्यहरू:
सुमि ग्लान तामाङ, सन्ननी तामाङ, मुनी माया तामाङ, विशाल योन्जन तामाङ, सुरेश तामाङ, मनिषा तामाङ, पासाङ तामाङ, उमा तामाङ, चिनी तामाङ, रबिन तामाङ, विजय कुमार लामा, मिङमार तामाङ, सुदर्शन नेगी तामाङ, सगर तामाङ, गंगा तामाङ, सुकु माया तामाङ, बिकास थोकर तामाङ, चमेली तामाङ, शान्ति तामाङ, सुरज तामाङ, दिपेश गोले तामाङ, मुना तामाङ, सुर्य माया मोक्तान, सुर्य बहादुर तामाङ, प्रबिन तामाङ, प्रकाश तामाङ, सरस्वती तामाङ, जितेन तामाङ, अजय लामा, सुरज तामाङ, तारा घले, माया तामाङ, सोम बहादुर तामाङ, रोजन तामाङ, मान बहादुर तामाङ, कविता तामाङ, तारा तामाङ, लक्ष्मी तामाङ, राम बहादुर तामाङ, अन्जु लामा तामाङ, पूजा तामाङ, टुल्कु तामाङ, विजय तामाङ।
कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई नेपाल तामाङ घेदुङ साइप्रसले हार्दिक धन्यवाद व्यक्त गरेको छ। संस्थाले तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको संवर्द्धनका लागि निरन्तर कार्य गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमका तस्बिरहरु:











