नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघ अन्तर्गतका जिल्ला तथा प्रदेश संघहरु गठन हुदै

प्रकाश श्रेष्ठको अध्यक्षतामा रसुवा जिल्ला स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघ गठन गरिएको छ ।

बैशाख २१ ,काठमाडाैँ

  नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघले आफ्ना जिल्ला तथा प्रदेश संघ हरुको गठन तथा पुनर्गठन प्रक्रियालाई तिव्रताका साथ् गठन गरिरहेको छ । यसै क्रममा रसुवा जिल्ला स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघ गठन गरिएको छ । रसुवा जिल्ला स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघ  ७ सदस्यीय कार्यसमितिमा अध्यक्ष्य प्रकाश श्रेष्ठ, सचिवमा यो सिङ्गि घिसिंग कोषाध्यक्ष्यमा हिरा लामा तथा सदस्यहरुमा क्रमश: फुर्बा तितुंग, सुशील संग्रौला, निराजन श्रेष्ठ  तथा बिष्णु  लामा रहेका छन् । नबगठित कार्यसमितिलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष्य सुजन न्यौपाने ले बधाई तथा सुभकामना व्यक्त गरेका थिए । त्यसैगरी नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघले पनि नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको सुभकामना व्यक्त गरेको छ।   नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघले खेलकुद परिषदको प्रादेशिक संरचना अनुसार सबै प्रदेश हरुमा आफ्ना जिल्ला तथा प्रादेशिक संरचनाहरु गठन गरिरहेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर