माघ १३, काठमाडौँ
आत्महत्या गरेका इलामका प्रेमप्रसाद आचार्यलाई न्यायको माग गर्दै बुधबार राजधानीको माइतीघर मण्डलामा युवाहरुको समूहले प्रदर्शन गरेको हो ।
उनीहरुले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै आचार्यले राखेका २५ बुँदे माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
‘काम गर्ने र बाँच्ने वातावरण सिर्जना गर’, ‘आत्महत्या होइन’, ‘यो देश वधशाला हो ?’ लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनकारीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली गरेका थिए ।
मंगलबार राजधानीको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार उपचारका क्रममा मृत्यु भएको हो ।
आचार्यले मंगलबार दिउँसो संघीय संसद भवन अगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाएर आत्महत्याको प्रयास गर्नुअघि फेसबुकमा सुसाइड नोट पोस्ट गरेका थिए । उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

