सार्वजनिक यातायातको समस्या समाधान गर्न मन्त्रालयले गर्‍यो कार्यदल गठन

काठमाडौं, माघ १४

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी प्रदुषण, सवारी साधनको सुरक्षा र दुर्घटना न्यूनीकरण अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

कार्यदलको उद्देश्य देशको सार्वजनिक यातायातको वर्तमान अवस्था सुधार गर्ने योजना ल्याउनु हो।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सात सदस्यीय कार्यदलको संयोजकमा पूर्वसचिव शरदचन्द्र पौडेललाई नियुक्त गरेका छन् ।

कार्यदलमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापक पद्मबहादुर शाही, यातायात विज्ञ मधु सुदन आचार्य र इन्जिनियर विजय गौतम रहेका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक कार्यदलको सदस्य सचिव हुन् जसमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष वा प्रतिनिधि सदस्य रहनेछन् ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर