प्रधानमन्त्री दाहालले राजनीतिक दलहरुबीच छलफल भइरहेको र फागुन १५ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने बताउनुभयो, ।

फागुन ११ , काठमाडौँ
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । दुई नेताबीच आज सिंहदरबारमा भएको भेटमा राष्ट्रपति निर्वाचनको सन्दर्भमा उम्मेदवार छनोटका विषयमा दलहरुबीच छलफल भएको हो । भेटपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले राजनीतिक दलहरुबीच छलफल भइरहेको र फागुन १५ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने बताउनुभयो, । बैठकमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

