प्रचन्डले तोडे गठबन्धन , राष्ट्रपतिमा ८ दलले काङ्रेसलाई सघाउने

शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए ।

फागुन १२, काठमाडौँ

लामो रस्साकस्सी पस्चात अन्तत: प्रचन्डले गठबन्धन तोडेका छन । सबैलाई चकित पार्नेगरी चुनावी गठबन्धनलाई तोड्दै एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचन्डले अहिले सो गठबन्धन समेत तोडेर नयाँ दलहरु सहितको समर्थनमा नयाँ समिकरण बनाएका छन। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका हुन ।

शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई माओवादी केन्द्र , जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । यता , नेकपा एमालेले पनि आफ्नै उम्मेद्वार उठाउने पहिल्यै घोषणा गरिसकेको छ र शनिबारको बैठकबाट उम्मेद्वार टुङो लगाउने बताएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर