उनले छोटो पोस्ट लेख्दै भनेका छन “मेयर पोजिसनबाट मलाई आज राजिनामा दिन लाउन खोज्दैछन , यो देश कहिल्यै पनि बन्दैन ” ।

फागुन १३, काठमाडौँ
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार सामाजिक सन्जालमा एक पोस्ट शेयर गर्दै आफुलाई राजिनामा गराउन खोजिएको खुलाएका छन । उनले छोटो पोस्ट लेख्दै भनेका छन “मेयर पोजिसनबाट मलाई आज राजिनामा दिन लाउन खोज्दैछन , यो देश कहिल्यै पनि बन्दैन ” ।

गायक शिव परियारले समेत उनको पोस्टको कमेन्टमा दु:ख व्यक्त गरेका छन भने अर्का बैंकंर अनिल केशरी शाहले उनको सन्जाल एकाउन्ट ह्याक भएको होकी भनेर संका व्यक्त गरेका छन । उनको उक्त पोस्ट अहिले भाईरल भईरहेको छ । उनको विश्वासपात्र मानिएको मिडिया “रुटिन अफ नेपाल बन्द” ले समेत उनको यो पोस्टमा सत्यता रहेको पुष्टी गरेकाले केही कुरा पक्कै गम्भिर रहेको सबैले अनुमान गरेका छन ।

