लामिछाने र वाग्लेले लिए पद तथा गोपनियताको सपथ

सङ्घीय संसद् कार्यालय सिंहदरबारमा शुक्रबार सभामुख देवराज घिमिरेले सांसदहरूलाई शपथ गराए ।

काठमाडौं, वैशाख १५,

नवनिर्वाचित तल्लो सदन सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सङ्घीय संसद् कार्यालय सिंहदरबारमा शुक्रबार सभामुख देवराज घिमिरेले सांसदहरूलाई शपथ गराए ।

बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव राजधानी आउन बाँकी रहेकाले सपथ गराउन सकेका छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने मंसिरमा भएको निर्वाचनपछि दोस्रो पटक चितवन–२ बाट तल्लो सदनमा ५४ हजार १७६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

यसअघि लामिछानेले कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १ सय ७० मतले पराजित गरेका थिए ।

त्यसैगरी तनहुँ–१ बाट राप्रपा नेता वाग्ले ३४ हजार ४८० मत ल्याएर तल्लो सदन सदस्यमा निर्वाचित भएका छन् ।

सदन रिक्त भएपछि तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन भएको थियो । तनहुँ–१ र बारा–२ मा निर्वाचन क्षेत्रका प्रतिनिधि रामचन्द्र पौडेल अध्यक्ष र राम सहायप्रसाद यादव उपसभापतिमा निर्वाचित भएपछि रिक्त भएको थियो ।

त्यसैगरी, सर्वोच्च अदालतले लामिछानेले मंसिरमा उम्मेदवारी दिन पेश गरेको नागरिकताको प्रमाणपत्र बदर गरेको भन्दै सर्वाेच्च अदालतले सांसद पद बदर गरिदिएपछि चितवन–२ रिक्त भएको थियो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर