साइप्रसमा नेपाली दूतावास स्थापनाको हस्ताक्षर अभियानमा दुई दिनमै ९७२ जनाको प्रत्यक्ष हस्ताक्षर

लिमासोल, साइप्रस। नागरिक बोली को पहलमा सञ्चालन भइरहेको “साइप्रसमा नेपाली दूतावास स्थापना गरौँ” हस्ताक्षर अभियानप्रति साइप्रसस्थित नेपाली समुदायको उल्लेखनीय समर्थन प्राप्त भइरहेको छ।

अभियानको पहिलो चरण २०२६ जुन २८ (आइतबार) लिमासोलस्थित Molos Park मा सञ्चालन गरिएको थियो। उक्त दिन ३११ जना नेपाली नागरिकले प्रत्यक्ष उपस्थित भई हस्ताक्षर गर्दै साइप्रसमा नेपाली दूतावास स्थापनाको मागप्रति आफ्नो ऐक्यबद्धता जनाएका थिए।

त्यसैगरी, अभियानको दोस्रो चरण २०२६ जुलाई ५ (आइतबार) पनि Molos Park, Limassol मै सञ्चालन गरिएको थियो। दोस्रो दिन ६६१ जना नेपाली नागरिकले प्रत्यक्ष उपस्थित भएर हस्ताक्षर गर्दै अभियानप्रति आफ्नो समर्थन जनाएका छन्।

यससँगै अभियानको पहिलो र दोस्रो चरण गरी कुल ९७२ जना नेपाली नागरिकले Molos Park मा प्रत्यक्ष उपस्थित भई हस्ताक्षर गर्दै साइप्रसमा नेपाली दूतावास स्थापना हुनुपर्ने मागप्रति आफ्नो ऐक्यबद्धता जनाएका छन्।

साइप्रसमा नेपाली समुदायको संख्या निरन्तर बढ्दै गए पनि नेपाली दूतावास नहुँदा पासपोर्ट, कन्सुलर सेवा, कानुनी सहायता, आपतकालीन उद्धार तथा अन्य अत्यावश्यक सेवामा नेपालीहरूले विभिन्न कठिनाइ भोग्दै आएका छन्। यही समस्याको दीर्घकालीन समाधानका लागि नागरिक बोली ले हस्ताक्षर अभियान सञ्चालन गरिरहेको जनाएको छ।

नागरिक बोलीले अभियानमा सहभागी भई प्रत्यक्ष हस्ताक्षर गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै हस्ताक्षर अभियान अझै जारी रहेको जनाएको छ। साथै, साइप्रसमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आगामी चरणहरूमा पनि सहभागी भई आफ्नो समर्थन जनाउन हार्दिक अनुरोध गरेको छ।

“हाम्रो आवाज, हाम्रो दूतावास।”

नागरिक बोली
जनताको आवाज

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर