किरात राई यायोक्खा शाखा साइप्रसको चौथो महाधिवेशन सम्पन्न,गोमा थुलुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

साइप्रस। किरात राई यायोक्खा शाखा साइप्रसको चौथो महाधिवेशन सन् २०२६ जुलाई ५, आइतबार सम्पन्न भएको छ। महाधिवेशनले गोमा थुलुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

“हाम्रो संस्कृति, हाम्रो पहिचान—बाँचौँ अनि बचाऔँ” भन्ने मूल अभियानका साथ अघि बढिरहेको संस्थाले किरात राई समुदायको भाषा, संस्कृति, संस्कार, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

महाधिवेशनबाट चयन भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल र सहज कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको अभियानमा आबद्ध भई योगदान पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ।

त्यस्तै, संस्था बाहिर रहेर सहयोग तथा सहकार्य गर्दै आएका साइप्रसस्थित विभिन्न संघ–संस्था, व्यक्ति–व्यक्तित्व, पत्रकार तथा शुभेच्छुकहरूप्रति पनि किरात राई यायोक्खा शाखा साइप्रसले हार्दिक कृतज्ञता व्यक्त गरेको छ। सबैको साथ, सहयोग र सहकार्यकै कारण संस्था आजको अवस्थासम्म आइपुगेको संस्थाले जनाएको छ।

नवनिर्वाचित कार्यसमिति तथा सल्लाहकारहरूको नामावली:

  • संस्थापक सल्लाहकार: रमिला राई
  • संरक्षक सल्लाहकार: नवीन राई
  • सल्लाहकार: सबिता राई
  • अध्यक्ष: गोमा थुलुङ
  • उपाध्यक्ष: पर्शुराम राई
  • उपाध्यक्ष: मोना बान्तवा किराती
  • महासचिव: साङेन्मा बान्तवा
  • उपसचिव: साबित्रा बान्तवा राई
  • सहसचिव: लजिना राई
  • कोषाध्यक्ष: सिप्तुङ्ग बसुन
  • सहकोषाध्यक्ष: प्रतीक्षा दिखालिमा
  • सांस्कृतिक विभाग प्रमुख: शनी राई
  • सदस्य: रमिता राई
  • सदस्य: सरिता राई
  • सदस्य: नम्रता राई
  • सदस्य: क्यारोल राई

नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा साइप्रसमा रहेका किरात राई समुदायलाई थप एकताबद्ध गर्दै आफ्नो मौलिक भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

😀
0
😍
1
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर