निर्वाचन आयोगले नयाँ मतदाता दर्ता र अद्यावधिकका लागि अनलाइन आवेदन खुला गर्‍यो

निर्वाचन आयोगले स्थानीय, प्रादेशिक र संघीय निर्वाचनको चरण पूरा गरेपछि नयाँ मतदाताले नाम दर्ता गराउन र आवश्यक परे पुराना मतदाताको विवरण अद्यावधिक गर्न अनलाइन आवेदन प्रणाली खोलेको छ । आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले माघ १६ गतेदेखि दरखास्त खोलिएको र अर्को सूचना नआएसम्म कायम रहने जानकारी दिनुभयो ।

यदि तपाईं मतदाता सूचीमा दर्ताको लागि आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्।

आफ्नो विवरण बुझाएपछि, आवेदकहरूले दर्ता प्रक्रिया पूरा गर्नका लागि आफूले अनलाइन प्राप्त गरेको pdf फाइल प्रिन्ट गरी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा नागरिकताको प्रमाणपत्र सहित बुझाउनुपर्नेछ।

भौतिक रुपमा सेवा लिनका लागि चार घण्टासम्म लाइनमा बस्नु पर्ने खबर आएपछि आयोगले अनलाइनबाटै सेवा सुरु गर्ने निर्णय गरेको हो । यसअघि अनलाइन आवेदन प्रणाली काठमाडौंमा मात्रै उपलब्ध भए पनि पछि केही जिल्लामा विस्तार गरिएको थियो ।

अब,यो सेवा देशभर उपलब्ध छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर