पुस्तकालय परिचारक संगठन नेपालको २७औँ वार्षिक साधारण सभा तथा पुस्तक लोकार्पण साउन १० गते

काठमाडौं। पुस्तकालय परिचारक संगठन नेपाल (The Nepalese Association of School Librarians–NASL) ले आफ्नो २७औँ वार्षिक साधारण सभा तथा ‘Empowering Teacher-Librarian: School Library Policy & Practice’ पुस्तकको लोकार्पण कार्यक्रम २०८३ साउन १० गते (आइतबार) बिहान ११:०० बजे केशर पुस्तकालय, केशरमहल, काठमाडौंमा आयोजना गर्ने भएको छ।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति माननीय डा. ओजस्वी शेरचन रहनुहुनेछ। साथै, संस्थापक अध्यक्ष शारदा शिवाकोटीद्वारा लिखित ‘Empowering Teacher-Librarian: School Library Policy & Practice’ पुस्तकको औपचारिक लोकार्पण समेत गरिनेछ।

विद्यालय पुस्तकालयको सुदृढीकरण, गुणस्तरीय शिक्षा तथा पठन संस्कृतिको प्रवर्द्धनका साथै शिक्षक–पुस्तकालयकर्मी, शिक्षक, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाबीच अनुभव आदानप्रदान र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संगठनले जनाएको छ।

संगठनले सम्पूर्ण सदस्य, पुस्तकालयकर्मी, शिक्षाविद् तथा सरोकारवालालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। साथै, पहिलेदेखिका सदस्यहरूले सोही अवसरमा आफ्नो सदस्यता नवीकरण गर्न सक्नेछन् र सदस्यता नवीकरणका लागि कुनै शुल्क लाग्ने छैन भन्ने जानकारी पनि संगठनले दिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर