साइप्रसमा उँभौली साकेला यलेदोङ ५०८६ भव्य रूपमा सम्पन्न

साइप्रस । किरात राई यायोक्खा साइप्रस को आयोजनामा लिमासोलस्थित ब्रिटानिया म्युजिक हल मा उँभौली साकेला यलेदोङ ५०८६ विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कला, भाषा, संस्कार तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा साइप्रसका विभिन्न सहरबाट नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) साइप्रसका अध्यक्ष धाता नन्द पाण्डे को उपस्थिति रहेको थियो भने कार्यक्रम नबिन राई को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन गोमा थुलुङ राई र साङेन्मा बान्तावा राई ले गरेका थिए।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिहरू तथा सम्पूर्ण सहभागीहरू उभिएर एकै स्वरमा राष्ट्रिय गान गाएपछि कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाइएको थियो। त्यसपछि प्रमुख अतिथि धाता नन्द पाण्डे र सभापति नबिन राईले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। साथै बितेर गएका व्यक्तिहरूको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो।

कार्यक्रममा अतिथिका रूपमा सुमन पाण्डे, दर्पण मगर, लक्ष्मी रेग्मी, सुदर्शन नेगी, चुमन्ता लिम्बु, लक्ष्मी श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै शेर्पा किदुक साइप्रस का अध्यक्ष र नेपाल तामाङ घेदुङका कार्यवाहक महासचिवसहित विभिन्न सामाजिक तथा जातीय संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा गायक समर क्षेत्री र टिका गुरुङ ले आफ्नो लोकप्रिय गीतमार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। गायिका कल्पना सुनुवारले पनि सांगीतिक प्रस्तुति दिएकी थिइन्।

साकेला नृत्य (साकेला मेला) मा डोल्मा राई, सुनिता राई, लजिना राई, मालती, स्वस्तिका, सिर्जना, अल्मिरा तथा गीता लगायत कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो। भूमि पुन मगरले “कति राम्री म त कति राम्री” गीतमा नृत्य प्रस्तुत गरेकी थिइन्।

नेपाल मगर सङ्घ बाट कमल सिन्जाली मगर र अञ्जना सिन्जाली मगरले मगर समुदायको मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने शेर्पा किदुक साइप्रस बाट ङिमा ल्हामु, पेमा याङजी, सानी, लाक्पा कान्छी र आङ फुर्टीले शेर्पा संस्कृतिको झल्को दिने प्रस्तुति दिएका थिए।

त्यस्तै राष्ट्रिय तामाङ घेदुङ बाट जेस्ना तामाङ, सविता तामाङ, अर्चना तथा अनिता तामाङले तामाङ समुदायको मौलिक नृत्य प्रस्तुत गरेका थिए भने तमु समाज साइप्रस बाट आशा गुरुङको प्रस्तुति रहेको थियो।

झिगु नेवा समाज बाट सुदिक्षा श्रेष्ठ, सुनिता श्रेष्ठ, समीक्षा श्रेष्ठ र उषा श्रेष्ठले नेवारी संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए।

त्यसैगरी किरात याक्थुङ चुम्लुङ बाट आपु लिम्बुको प्रस्तुति रहेको कार्यक्रममा रोशना राईले “स्यामुना स्यामुना”, गीता नाछिरिङ र मालती नाछिरिङले “पश्चिमकै पूर्व घर”, स्वस्तिका राईले “ढोल झ्याम्टाको रन कोले” तथा बिनिता मगर र गङ्गा गुरुङले “सालैजो” गीतमा आकर्षक प्रस्तुति दिएका थिए।

त्यस्तै तमु प्ये ल्हु सङ्घ प्रवास शाखा साइप्रस बाट राधिका तमुस्यो, सितु तमुस्यो, सिर्जना तमुस्यो र आस्ना तमुस्योले गुरुङ समुदायको मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा आर्थिक सहयोग गर्ने व्यक्तिहरू, कार्यक्रमको शोभा बढाउने कलाकारहरू, गायक–गायिका तथा नृत्य प्रस्तोता सबैलाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

विभिन्न जातीय संघसंस्थाहरूको संयुक्त सहभागिता र सांस्कृतिक प्रस्तुतिले साइप्रसमा नेपाली एकता, पहिचान तथा मौलिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ।

😀
1
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर