आयुष्मा गुरुङ तमू समाज साईप्रसको अध्यक्षमा निर्विरोध निर्वाचित

साईप्रस, अप्रिल १९ (निकोसिया) — तमू समाज साईप्रसको छैठौं अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले निवर्तमान महासचिव आयुष्मा गुरुङलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ।

यसैगरी, उपाध्यक्षमा बसन्त गुरुङ, महासचिवमा चन्द्र प्रसाद गुरुङ, सचिवमा धनु गुरुङ, कोषाध्यक्षमा मनिसा गुरुङ र सह–कोषाध्यक्षमा राजु गुरुङ चयन भएका छन्। सांस्कृतिक विभागको जिम्मेवारी टिका गुरुङ र अन्जु गुरुङलाई दिइएको छ।

सदस्यहरूमा निशा घले गुरुङ, हर्ष गुरुङ, अनुष्का गुरुङ, भूमिका गुरुङ, मेनुका गुरुङ, विन्दु गुरुङ, धना गुरुङ, अमृता लामिछाने गुरुङ, मन्दानी गुरुङ, सुस्मिता गुरुङ, अर्जुन गुरुङ, देवेन्द्र गुरुङ, आशिष गुरुङ, अनिल गुरुङ, देवेन गुरुङ, दिपक गुरुङ, राजिव गुरुङ, दिपिका गुरुङ, बुनु गुरुङ, आशा गुरुङ, शशि गुरुङ, दिल काशी गुरुङ, शान्ति गुरुङ र मिना गुरुङ निर्वाचित भएका छन्।

निकोसियामा सम्पन्न अधिवेशनमा एनआरएनए साईप्रसका अध्यक्ष दत्तनाथ पाण्डेको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा नेपाल तामाङ घेदुङका महासचिव अजय मोक्तान, एनआरएनएका कोषाध्यक्ष तथा घेदुङका सल्लाहकार मनमाया लोप्चन, सेफ्नो टिभीका आत्मा ध्वज लामा, मगर संघ साईप्रसकी उपाध्यक्ष आशा बुढा मगर, झिगु नेवा समाजका राधिका श्रेष्ठ र मनिष काया, साथै किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

मनिसा गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि दत्तनाथ पाण्डेले नव–निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। स्वागत मन्तव्य निशा घले गुरुङले व्यक्त गरेकी थिइन्।

कार्यक्रममा निवर्तमान महासचिवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै उठेका जिज्ञासाहरूको जवाफ समेत दिएका थिए। अधिवेशनले नयाँ नेतृत्वसँगै संस्थाको आगामी कार्यकालप्रति सकारात्मक अपेक्षा व्यक्त गरेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर