झिगु नेवा समाज साइप्रसद्वारा नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न

साइप्रस, अप्रिल १२, २०२६ — झिगु नेवा समाज साइप्रसले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। सन् २०२६ मा स्थापना भएको यस संस्थाले नेवार समुदायको भाषा, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम लिमासोल सिटीस्थित एक रेस्टुरेन्टमा सम्पन्न भएको थियो। संस्थाकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसका अध्यक्ष धाता नन्द पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने ‘नागरिक बोली’का संचालक राजाराम बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा साइप्रसस्थित विभिन्न नेपाली संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाल तामाङ घेदुङ साइप्रसका अध्यक्ष प्रदिप तामाङ तथा अजय राज तामाङ, नेपाल मगर संघ साइप्रसका महासचिव बिबेक मगर, तमु समाज साइप्रसबाट आयुष्मा गुरुङ, तमु प्ये ल्हु समाजबाट निरज गुरुङ, शेर्पा किदुग साइप्रसबाट रिन्छेन शेर्पा, किरात राई यायोक्खा साइप्रसबाट पर्शुराम राई, वाइट ग्याङबाट शरद रावल, शेफनो टिभीका संचालक आत्माध्वज लामा तथा सच्चाई केन्द्र भजन मण्डल शाखा साइप्रसबाट सम्झना नेपालीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका सहभागीहरूले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई अझ सुदृढ बनाउने धारणा राखेका थिए।

उक्त अवसरमा नेवारी समुदायका विभिन्न सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, संस्थामा योगदान पुर्‍याउने व्यक्तित्वहरू तथा कार्यक्रममा उपस्थित अतिथिहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा नेवारी परम्परागत पोसाकमा समुदायको बाक्लो उपस्थिति देखिएको थियो।

कार्यक्रमले साइप्रसमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। झिगु नेवा समाज साइप्रसले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको छ।

कार्यक्रमको सञ्चालन समिक्षा श्रेष्ठले गर्नुभएको थियो।

😀
0
😍
2
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर