INCS साइप्रसको प्रथम अधिवेशन सम्पन्न: अध्यक्षमा रेशम पाण्डे निर्वाचित

लिमासोल, साइप्रस | २५ मार्च, २०२६

विश्वका ४५ भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल विस्तार गरिसकेको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (INCS) को साइप्रस च्याप्टरले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। लिमासोलस्थित ‘भेटघाट रेस्टुरेन्ट’ मा मंगलबार आयोजित अधिवेशनले रेशम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

सन् २०२४ जुन ११ का दिन लिमासोलकै स्थानीय नेपाली रेस्टुरेन्ट ‘गोर्खा किचन’ बाट औपचारिक यात्रा सुरु गरेको INCS साइप्रसले छोटो समयमै आफ्नो सङ्गठन विस्तार गर्दै पहिलो महाधिवेशनसम्म आइपुगेको हो।

प्रमुख आतिथ्यता र सहभागिता

संस्थाका पूर्व संयोजक युवराज तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा साइप्रसका विभिन्न सहरमा कार्यरत करिब ५० जना नेपाली सेफहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रमुख अतिथि तामाङले तदर्थ समितिदेखि महाधिवेशनसम्म आइपुग्दा संस्थाले तय गरेको यात्राको स्मरण गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिनुभयो।

नयाँ कार्यसमिति र जिम्मेवारी

महाधिवेशनले आगामी कार्यकालका लागि निम्न बमोजिमको कार्यसमिति चयन गरेको छ:

  • अध्यक्ष: रेशम पाण्डे
  • वरिष्ठ उपाध्यक्ष: गोपाल तिमल्सिना
  • उपाध्यक्षहरू: लाल बहादुर बुढा मगर, सुमन पाण्डे र दिनेश महरा
  • महासचिव: नबिन चौलागाईं
  • सचिव: समिर जंग गिरी
  • सह-सचिव: अर्जुन तिरुवा
  • कोषाध्यक्ष: सतीश शाहु
  • सह-कोषाध्यक्ष: सुरज गैरे

व्यावसायिक निष्ठा र प्रतिबद्धता

नवनियुक्त अध्यक्ष रेशम पाण्डेले पदभार ग्रहण गर्दै ‘एकता, समर्पण र पेशागत निष्ठा’ लाई आफ्नो मूल मन्त्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “विश्वका ४५ देशमा नेपाली सेफहरू संगठित भइरहँदा साइप्रस च्याप्टरले पनि यहाँको बहुसांस्कृतिक समाजमा नेपाली मौलिक स्वादलाई स्थापित गर्न र सेफहरूको व्यावसायिक सुरक्षाका लागि ठोस काम गर्नेछ।”

विगतको कार्यसमितिले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै नयाँ टिमलाई सफल र प्रेरणादायी कार्यकालको लागि INCS केन्द्रीय समितिले समेत विशेष शुभकामना सन्देश पठाएको छ।

😀
1
😍
2
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर