प्रधानमन्त्री शाह र भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राजदूतहरुसँग भेटवार्ता सुरु गरेका छन् । आज सुरूमा उनले भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटेका छन् ।

आजै उनले चिनियाँ राजदूत झाङ माओमिङसँग भेट्नेछन् ।

यसअघि सामूहिक रुपमा भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज एक्लाएक्लै भेटवार्ता गर्दैछन् । यसअघि प्रोटोकलको कारण देखाउँदै उनले विदेशी नियोगका अधिकारीहरूसँग एक्लै भेट्ने गरेका थिएनन् । तर उनले नभेटेकोमा पनि आलोचना हुन थालेपछि आजबाट एकल भेट पनि थालेका हुन् ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर