श्रम संस्कृती महाअभियान प्रवास शाखा साइप्रसको दोस्रो त्रैमासिक बैठक सम्पन्न

लिमासोल, साइप्रस । श्रम संस्कृती महाअभियान प्रवास शाखा साइप्रसको प्रत्यक्ष दोस्रो त्रैमासिक बैठक, नवमनोनित पदाधिकारी तथा नयाँ प्रवेश गरेका सदस्यहरूको स्वागत एवं सम्मान कार्यक्रम साइप्रसको लिमासोलस्थित मोलस पार्क (Molos Park) मा सम्पन्न भएको छ।

साइप्रस संगठनका अध्यक्ष कौशिला देवानको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगठनका प्रवक्ता गंगा कुरुम्बाङ, दिपेन्द्र पालुङ्वा, बिबेक राना मगर, डम्बर कुमारी नाल्बो, सरु लिम्बू, श्रद्धा राई, तानिया राई, जीवन राना मगर, शान्ता नेम्वाङ र उत्तम दर्लामी मगर लगायतले शुभकामना तथा मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन साइप्रस संगठनका संस्थापक संरक्षक चुमन्ता तुम्बापो लिम्बूले गरेका थिए।

बैठकले संगठनमा रिक्त रहेका पदहरूको सर्वसम्मत रूपमा मनोनयन गर्दै नयाँ जिम्मेवारीसमेत तोकेको छ। जसअनुसार महासचिवमा जीवन राना मगर, सचिवमा उत्तम दर्लामी मगर र कोषाध्यक्षमा शान्ता नेम्वाङलाई मनोनयन गरिएको छ।

त्यसैगरी कार्यक्रममा संगठनमा नयाँ प्रवेश गरेका सदस्यहरूलाई स्वागत तथा सम्मान गरिएको थियो। नवमनोनित पदाधिकारीहरूले संगठनको उद्देश्य, श्रम तथा संस्कृतिसँग जोडिएका अभियानलाई थप प्रभावकारी बनाउँदै साइप्रसमा रहेका नेपाली श्रमिक तथा समुदायबीच सहकार्य र एकतालाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी वक्ताहरूले श्रमको सम्मान, नेपाली संस्कृति संरक्षण, सामाजिक एकता तथा प्रवासमा नेपाली समुदायको हितका लागि संगठनले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

लिमासोलको मोलस पार्कमा आयोजित उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

😀
1
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर