सप्तरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मृत्यु हुनेमा सुनसरी जिल्ला दुहवी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साह रहेका छन् ।

फागुन १६ , सप्तरी

सप्तरीको कञ्चनरुप नगरपालिकामा मंगलबार दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरी जिल्ला दुहवी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साह रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुपको विष्णुमन्दिर नजिक आज बिहान प्रा २–०२–००१ च ०७४६ र बा १८ च ६६१७ नम्बरको गाडी एकापसमा ठोक्किँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर