उपराष्ट्रपतीमा राम सहायप्रसाद यादव निर्वाचित

१० दलको सत्तारुढ गठबन्धनका बहुमत सदस्यको समर्थनमा रहेका यादवले १ सय ८४ संघीय र ३२९ प्रदेश सांसदबाट ३० हजार ३२८ मत प्राप्त गरेका छन् ।

चैत्र ४ , काठमाडौँ

गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका पूर्व विद्यालय शिक्षक राम सहायप्रसाद यादव उपराष्ट्रपतीमा निर्वाचित भएका छन् । १० दलको सत्तारुढ गठबन्धनका बहुमत सदस्यको समर्थनमा रहेका यादवले १ सय ८४ संघीय र ३२९ प्रदेश सांसदबाट ३० हजार ३२८ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बहुमत प्राप्त गरी यादवलाई विजयी घोषणा गरेका हुन् । प्रदेश सासदको चार मत बदर भएको छ ।उनको आफ्नै दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भोट हालेका छन् । उपराष्ट्रपतीमा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १०४ सङ्घीय र १६९ प्रदेश सांसदबाट १६ हजार ३२८ भारित मत प्राप्त गरिन भने जनमत पार्टीकी उम्मेदवार ममता झाले २३ सङ्घीय र १५ प्रदेश सांसदबाट दुई हजार ५३७ मत प्राप्त गरिन । जनमत पार्टीकी उम्मेदवार झाले २३ संघीय सांसदको मत प्राप्त गरेपछि सत्तारुढ १० दलको गठबन्धनका कतिपय सांसदले पनि उनलाई भोट दिएको अनुमान गर्न सकिन्छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर