चैत्र ८,२०८१ । नागरिक संवाददता
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी भारत (Indian International Nepalese Chef Society Indian – INCS) को प्रथम औपचारिक बैठक अनलाइन भर्चुअल माध्यमबाट २०८१ चैत ४ गते सोमबारका दिन सम्पन्न भएको छ । केन्द्रीय संयोजक अरुण अधिकारी तथा युएईस्थित INCS का संयोजक ह्युमन लिम्बुको उपस्थितिमा नेपाली सेफहरूको भविष्य, संगठनको भूमिका, तथा आगामी योजनाहरू बारेमा विस्तृत छलफल गरिएको हो।

बैठकमा सहभागीहरूले नेपाली खानाको प्रवर्द्धन, सेफहरूको सीप विकास, तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली खानाको पहिचान स्थापित गर्ने विषयमा आ-आफ्नो धारणा राखेका थिए। साथै, नेपाली सेफहरूको हकहित संरक्षण, तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने विषयमा विशेष जोड दिइएको थियो।
नेपाली परिकारहरू विश्वभर फैलँदो पर्यटन उद्योगसँगै लोकप्रिय बन्दै गएका छन्। नेपाली सेफहरूले आफ्नो कला र सीप प्रस्तुत गर्ने थलोहरू प्राप्त गर्न तथा अवसरहरू सिर्जना गर्न INCS जस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण हुने कुरामा बैठकका सहभागीहरूले जोड दिए। नेपाल, भारत तथा अन्य देशमा कार्यरत नेपाली सेफहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले INCS ले भविष्यमा विभिन्न अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने घोषणा समेत गरिएको छ।
यस अवसरमा भारतका विभिन्न राज्यहरूबाट प्रतिनिधित्व हुने गरी भारतका लागि संयोजक सेफ साई कुमार शर्मा ज्यु संरक्षक रहने गरी सेफ विनोद सोनी ज्युको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
२०८१-२०८३ कार्यकालका लागि नयाँ कार्यसमिति:
संरक्षक : साई कुमार शर्मा
संरक्षक सल्लाहकार: जय नारायण खतिवडा (सेफ साई)
कार्यसमिति: अध्यक्ष – विनोद सोनी
उपाध्यक्ष – जित बहादुर थापा
उपाध्यक्ष – कृष्ण राई
महासचिव – लिल बहादुर कुँवर (अनिल)
कोषाध्यक्ष – बिशेश्वर खड्का
सचिव – राजु खिमसिङ परियार
सदस्यहरू:
सन्त बहादुर विश्वकर्मा
आकाश कुमार राई
सन्तोष बी.के.
लोकेन्द्र बहादुर ठकुरी
नयाँ कार्यसमितिले नेपाली सेफहरूको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम तथा कार्यशालाहरू सञ्चालन गर्ने योजना बनाएको छ। साथै, अन्तर्राष्ट्रिय होटल तथा रेस्टुरेन्टहरूसँग सहकार्य गरी नेपाली परिकारलाई विश्वभर चिनाउने कार्यमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
संस्थाका केन्द्रीय संयोजक अरुण अधिकारीले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनको दीर्घकालीन उद्देश्य हासिल गर्न सबै सेफहरूको सहकार्य आवश्यक रहेको बताए। साथै, उनले नेपाली सेफहरूको पहिचान अन्तर्राष्ट्रिय स्तरमा अझ मजबुत बनाउन संस्थाले निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाए।



