लिमासोल, साइप्रस

दशैं विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम “भान्से धमाका–२” आज लिमासोलस्थित Trikkis Palace मा धमाकेदार रुपमा सम्पन्न भयो।

कार्यक्रममा १००० भन्दा बढी दर्शक सहभागी भएर नेपाली कला–संस्कृति र गीत–संगीतमा रमाएका थिए। गायक तुलसी सिवाकोटी ले आफ्नो दमदार प्रस्तुति मार्फत दर्शकलाई झुमाएका थिए। उहाँका लोकप्रिय गीतमा हजारौँ दर्शक नाचे, गाए र कार्यक्रमलाई उल्लासमय बनाएका थिए।

आयोजक अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटी साइप्रसका अनुसार, “भान्से धमाका–२” ले साइप्रसमा कार्यरत नेपाली समुदायलाई एउटै मञ्चमा ल्याएर दशैंको उल्लाससँगै नेपालीपनको झल्को दिने अवसर प्रदान गरेको छ।


