गायक तुलसी सिवाकोटी साइप्रसमा,भोलि “भान्से धमाका–२” मा विशेष प्रस्तुति

लिमासोल, साइप्रस – नेपाली संगीत प्रेमीहरूका लागि रमाइलो खबर! गायक तुलसी सिवाकोटी आज साइप्रस आइपुग्नुभएको छ। उहाँ अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटी साइप्रसले आयोजना गरेको सांगीतिक तथा सांस्कृतिक कार्यक्रम “भान्से धमाका–२” मा विशेष प्रस्तुति का लागि आउनु भएको हो।

कार्यक्रम भोलि, आइतबार ५ अक्टोबर २०२५ मा Trikkis Palace, लिमासोल मा बिहान १० बजे सुरु हुनेछ। प्रवेश टिकट २० युरो तोकिएको छ भने प्रत्यक सिटि बाट बस को समेत व्यवस्था रहेको छ।

आयोजकले बताएका छन्, “भान्से धमाका–२” साइप्रसमा कार्यरत नेपाली समुदायलाई एकजुट बनाउने, आपसी सम्बन्ध बलियो बनाउने र नेपाली कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर