
गैर आवासीय नेपाली संघ, कोष्टाब्लांका र नेपाल समाज एसोसिएसन कोष्टाब्लांकाको संयुक्त आयोजनामा बडा दशैं विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ।
यस कार्यक्रममा चर्चित गायक तुलसी सिवाकोटीको प्रस्तुति रहनेछ। उनका चर्चित गीत–संगीतले कोष्टाब्लांकास्थित नेपाली समुदायलाई दशैंको उल्लासमय माहोलमा रमाउने अवसर दिनेछ।

आयोजक समितिका अनुसार, कार्यक्रमले सांस्कृतिक मनोरञ्जनसँगै नेपालीहरूबीच आपसी एकता, भातृत्व र सांस्कृतिक जगेर्ना कायम गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।
📌 कार्यक्रमको विवरण
- आयोजक समिति: गैर आवासीय नेपाली संघ, कोष्टाब्लांका र नेपाल समाज एसोसिएसन कोष्टाब्लांका
- कार्यक्रमको नाम: बडा दशैं विशेष सांस्कृतिक कार्यक्रम
- मिति: ०२ अक्टोबर २०२५
- स्थान: होटल मारिना, बेनिड्रम, कोष्टाब्लांका