नेपाल मगर संघद्वारा विशेष सांस्कृतिक कार्यक्रम घोषणा

साइप्रस

नेपाल मगर संघ, युरोप शाखा साइप्रसले आउँदो २०२६ जनवरी ११ (आइतबार) का दिन माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

संघका अनुसार, मगर समुदायको प्रमुख पर्व माघे संक्रान्तिको अवसर पारेर हरेक वर्षझैं यस वर्ष पनि मगर समुदायको कला, भाषा, संस्कृति र भेषभूषा झल्किने बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमका महासचिव विवेक राना मगरले साइप्रसमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, मिडिया प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार र संघ–संस्थाका प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी भई समर्थन गर्न अनुरोध गरेका छन्।

संघले सोही दिन, अर्थात् जनवरी ११, २०२६ मा अन्य कुनै पनि संघ, संस्था वा व्यक्तिगत तर्फबाट कार्यक्रम नराख्न पनि आग्रह गरेको छ, ताकि सम्पूर्ण समुदायको उपस्थिति माघे संक्रान्ति उत्सवमा एकीकृत रहोस्।

कार्यक्रमको स्थान र विस्तृत विवरण चाँडै सार्वजनिक गरिने नेपाल मगर संघ, साइप्रसले जनाएको छ।

📌 आयोजक: नेपाल मगर संघ, युरोप शाखा साइप्रस
📅 मिति: ११ जनवरी २०२६, आइतबार

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर