गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘चनचले नानी’ सार्वजनिक

काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘चनचले नानी‘ (ChanChale Nani) हालै सार्वजनिक भएको छ। जन्मभूमि इन्टरटेनमेन्टको प्रस्तुतिमा आएको यस गीतको म्युजिक भिडियोमा चर्चित कलाकार कमल सिंह र कविता न्यौपानेले अभिनय गरेका छन्।

गीतको अडियो र भिडियो दुवै पक्ष निकै बलियो रहेको छ। यस गीतमा तुलसी सिवाकोटीको सुमधुर स्वर रहेको छ भने कुमार सिवाकोटीले यसका शब्दहरू लेखेका छन्। गीतलाई दिपक शर्माले संगीतबद्ध गरेका छन् र नरेन्द्र वियोगीले संगीत संयोजन (Arranger) को काम गरेका छन्। अडियो रेकर्डिङ WAVE Studio मा गरिएको हो।

भिडियोतर्फ, प्रमुख कलाकारको रूपमा कमल सिंह र कविता न्यौपानेको जोडीले दर्शकलाई मनोरञ्जन दिएका छन्। भिडियोको कन्सेप्ट र निर्देशन प्रहिल कार्कीले गरेका हुन्। भिडियोलाई सिनेम्याटोग्राफर भूपेन्द्र थापा मगरले छायांकन गरेका छन् भने माधव बेलबासेले सम्पादन (Visual Edit/Color) गरेका छन्।

मेक-अप आर्टिस्ट प्रिया कार्की, प्रोडक्सन म्यानेजर हरि अधिकारी र कोरियोग्राफर अनिश क्षेत्रीले पनि भिडियोलाई आकर्षक बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। भिडियो निर्माणको काम Impact Production Studios को उपकरण तथा पोस्टर सपोर्टमा भएको हो।

जनमभूमि इन्टरटेनमेन्ट (Janmabhumi Entertainment) ले यस गीतलाई आफ्नो अफिसियल च्यानल मार्फत सार्वजनिक गरेको हो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर