लिमासोल, साइप्रस

अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटी साईप्रस (International Nepalese Chefs Society Cyprus) ले विजया दशमी २०८२ को अवसरमा साइप्रसमा विशेष दशैं सांस्कृतिक कार्यक्रम “भान्से धमाका २” आयोजना गर्ने भएको छ

आगामी अक्टोबर ५, २०२५ (आइतबार) का दिन लिमासोलमा हुने यस कार्यक्रममा दशैंको परम्परा र सांस्कृतिक महत्वलाई उजागर गर्दै टीका–जमरा, स्वादिष्ट नेपाली खाना तथा विविध सांस्कृतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा प्रवेश टिकट शुल्क २० युरो मात्र तोकिएको छ। साथै, सहभागीहरूको सहजताका लागि साइप्रसका विभिन्न शहरहरू (पाफोस, लार्नाका, लिमासोल, निकोसिया, आयानपा पारिमिलिनि) बाट बस सेवा उपलब्ध गराइनेछ।
समुदायबीच आपसी सद्भाव, संस्कृति प्रवर्द्धन र चाडपर्वको खुसी साझा गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित उपस्थित भई सहभागिता जनाउन हार्दिक आमन्त्रण गरिएको छ।

