साइप्रस, १४ सेप्टेम्बर २०२५

चितवन सेवा समाज साइप्रसले आज एक विशेष कार्यक्रम आयोजना गरी संस्थाका सक्रिय सदस्यहरुलाई सम्मानित गरेको छ। कार्यक्रममा सदस्यता प्रमाणपत्र तथा “प्रशंसा–पत्र” प्रदान गरियो। पदाधिकारीहरुलाई समाजप्रतिको योगदान र समुदायमा पुर्याएको सकारात्मक प्रभावका लागि सम्मान गरिएको हो।

संस्थाका महासचिब राम लामा नेगीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने, समाजसेवी आशा गुरूङले उपस्थित सबैलाई दशैँ र तिहारको शुभकामना दिनुभयो। संस्थाको आर्थिक विवरण कोषाध्यक्ष अशोक पाण्डेले प्रस्तुत गर्नुभयो।

कार्यक्रममा समाजकी अध्यक्ष लक्ष्मी रेग्मी अधिकारीले प्रमाणपत्र हस्तान्तरण गर्दै समाजको गतिविधिलाई अझ प्रभावकारी बनाउन सबैलाई आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन आग्रह गरिन्। समारोहमा अन्य पदाधिकारी र अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमपछि सम्मानित व्यक्तिहरूले समाजप्रतिको योगदानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




