
साइप्रस। साइप्रसमा रहेका नेपाली समुदायको पहिचान, भाषा र कलालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नागरिक बोलि’ द्वारा आयोजित पहिलो पटकको अनलाइन गायन प्रतियोगिता ‘साइप्रस नेपाली भ्वाइस’ को पहिलो चरण सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी ३० जना प्रतियोगीहरूमध्ये उत्कृष्ट १० जना (Top 10) लाई दोस्रो चरणका लागि छनौट गरिएको छ।
नोभेम्बर १३ देखि २० तारिखसम्म संगीतबिनाको गायन कलालाई भिडियो रेकर्ड गरी आयोजकलाई पठाएका ३० जना प्रतियोगीहरूको भिडियोहरूलाई डिसेम्बर ६ देखि १६ तारिखसम्म सामाजिक सञ्जालहरूमा प्रसारण गरिएको थियो।
छनौटको आधार र पोइन्ट प्रणाली
पहिलो चरणमा प्रतियोगीहरूको भिडियोहरूलाई दर्शकहरूले दिएका प्रतिक्रिया (engagement) को आधारमा अंकभार दिई Top 10 छनोट गरिएको हो। बाँकी २० जना प्रतियोगीहरूले यस चरणबाट प्रतियोगिताबाट बिदा लिएका छन्।
प्रतियोगीहरूको छनौटमा निम्न पोइन्ट प्रणाली लागू गरिएको थियो:
| माध्यम | पोइन्ट भार |
| Like | ५ पोइन्ट |
| Comment | ३ पोइन्ट |
| Repost | ४ पोइन्ट |
| Views | १ पोइन्ट |
| Share | १ पोइन्ट |
सबैभन्दा धेरै कुल अंक प्राप्त गर्ने Top 10 प्रतिस्पर्धीहरूलाई दोस्रो चरणमा प्रवेश गराइएको हो।
दोस्रो चरणमा प्रवेश गर्ने Top 10 प्रतियोगीहरू:
दर्शकहरूको अत्यधिक माया र समर्थन तथा माथि उल्लेखित पोइन्ट प्रणालीमा सफल हुँदै दोस्रो चरणमा प्रवेश गर्न सफल हुने १० भाग्यशाली प्रतियोगीहरू निम्न रहेका छन्:
| नतिजा | प्रतियोगी नम्बर | सहभागीको पूरा नाम |
| 1 | 30 | निशा बिश्वोकर्मा |
| 2 | 22 | नुमाछिंग लिम्बु |
| 3 | 17 | मिङ्गमार दोर्जे लामा |
| 4 | 3 | मोनिका बिश्वोकर्मा |
| 5 | 6 | सुमित्रा नाछिरिङ राई |
| 6 | 19 | डोल्मा योल्मो |
| 7 | 5 | दुर्गा कार्की |
| 8 | 18 | सफलता तिवारी |
| 9 | 2 | समीर भट्टराई |
| 10 | 12 | सम्झना माझि |
यस प्रतियोगिताप्रति साइप्रसस्थित नेपाली समुदायले देखाएको अतुलनीय चासो र सहयोगका लागि सबैलाई धन्यवाद । आगामी चरणको प्रतिस्पर्धा झनै रोमाञ्चक हुने विश्वास व्यक्त गर्दै, बाँकी प्रतिस्पर्धीहरूलाई सफलताको शुभकामना छ।
आगामी चरणको तयारी
अब Top 10 मा परेका प्रतिष्पर्धीहरूले दोस्रो चरणको छनौटका लागि अर्को भिडियो रेकर्ड गराउनेछन्। दोस्रो चरणमा पनि यो पोइन्ट प्रणालीको आधारमा Top 5 जना प्रतिष्पर्धी निर्धारित गरिनेछन्।
फाइनल राउण्डमा Top 5 जना बीच प्रतिस्पर्धा हुनेछ, जहाँ विजेताको छनोट ५०% दर्शकको मत र ५०% जजको मत (नेपाली राष्ट्रिय कलाकार) बाट गरिनेछ। प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेताहरूले क्रमशः २००, १५० र १०० युरो सहित प्रमाणपत्र र विशेष उपहार प्राप्त गर्नेछन्।

प्रतियोगिताको प्रमुख प्रायोजक Seven Star International Travel & Tours रहेको छ।
सम्पूर्ण प्रतियोगी हरुले १६ डिसेम्बर राति १२ बजे सम्म प्राप्त गरेको विवरण अनुसार को नतिजा निम्न छन् :

