साइप्रस। नेपाल मगर संघ युरोप शाखा साइप्रसको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। नोभेम्बर ८, २०२६ आइतबार साइप्रसको राजधानी निकोसियामा सम्पन्न अधिवेशनबाट आशा बुढा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माया मगर, उपाध्यक्षमा दिल्लि मगर, महासचिवमा विवेक राना मगर, सचिवमा जीवन राना मगर, सह-सचिवमा दीपक मगर र कोषाध्यक्षमा विष्णु थापा मगर चयन हुनुभएको छ।
त्यसैगरी, कलाकार संयोजक (पुरुष) मा कमल सिन्जाली मगर र कलाकार संयोजक (महिला) मा मिना कुमारी राना मगर चयन हुनुभएको छ। सदस्यहरूमा विशाल मगर, सरु मगर, कला मगर, जनक आले मगर, जुद्धवीर मगर, चन्द्र मगर, मनिषा मगर, हेम थापा मगर, मुना मगर, अनुजा मगर, जानु राना मगर र तिजा मगर चयन हुनुभएको छ।
दर्शन मगरलाई वरिष्ठ सल्लाहकारको जिम्मेवारी दिइएको छ। अधिवेशन सफल बनाउन नेपाल तामाङ घेदुङ साइप्रसबाट पुलमाया तामाङ, किरात राई यायोक्खाबाट रमिला राई, किरात याक्थुङ चुम्लुङबाट कौसिला देवान, बाहुन क्षेत्री समाज साइप्रसबाट तारा देवी खत्री, राष्ट्रिय तामाङ घेदुङबाट निरोज मोक्तान तामाङ, तमु समाज साइप्रसबाट चन्द्रप्रसाद गुरुङ, झिगु नेवा समाज साइप्रसबाट लक्ष्मी श्रेष्ठ, नेपाली सेफ सोसाइटी साइप्रसबाट गोपाल तिमिल्सिना, शेर्पा किदुग साइप्रसबाट तासी कान्छी शेर्पा, तमु प्ये ल्हु समाज साइप्रसबाट हेमा गुरुङ, News Lines Nepal.com बाट मनिषा अर्याल तथा समाजसेवी बिना थापा मगरले प्रत्यक्ष रूपमा प्रतिनिधित्व तथा सहयोग गर्नुभएको थियो।
त्यस्तै, विभिन्न संघ–संस्था, पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, शुभचिन्तक तथा सहयोगी महानुभावहरूले अप्रत्यक्ष रूपमा समेत साथ, सहयोग र समर्थन प्रदान गर्नुभएको आयोजकले जनाएको छ।
यसैबीच, किरात याक्थुङ चुम्लुङ साइप्रसले अधिवेशनबाट निर्वाचित अध्यक्ष आशा बुढा मगरलगायत सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। नयाँ नेतृत्वले मगर समुदायको भाषा, कला, संस्कृति, परम्परा, पहिचान, हकहित र एकतालाई थप सशक्त बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
अधिवेशन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संघ–संस्था र महानुभावहरूप्रति नेपाल मगर संघ साइप्रसले हार्दिक आभार व्यक्त गरेको छ।