साइप्रसमा तमु समाजद्वारा भव्य रूपमा ‘तमु ल्होसार’ सम्पन्न

निकोसिया, साइप्रस

साइप्रसमा क्रियाशील तमु समाज साइप्रसले तमु ल्होसारलाई भव्य तथा धुमधामका साथ मनाएको छ। निकोसियास्थित Antonakis Music Hall मा सम्पन्न उक्त कार्यक्रममा तमु समुदायसहित विभिन्न जातीय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तमु समाज साइप्रसकी सभापति सुनिता गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई आयुष्मा गुरुङ र मनिसा गुरुङले औपचारिक रूपमा सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन दीप प्रज्वलनमार्फत गरिएको थियो भने तमु समाजको संस्कृति विभागका धनु गुरुङले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण अतिथि तथा दर्शकहरूलाई स्वागत तथा धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिहरूका रूपमा पारु गुरुङ, डम्बर गुरुङ, नवीन गुरुङ, जिबुटी शेर्पा, आशा बुढा मगर, प्रदीप तामाङ, राम लामा, गोमा राई, चुमान्त तुम्बापे लिम्बु, विष्णु राणा मगर, रमिता चन्द ठकुरी, बिना थापा, आशा गुरुङलगायतको उपस्थिति रहेको थियो।

मिडियाकर्मीहरूमा सेफ्नो टिभीबाट आत्मा ध्वज लामा र विरमान लामा, नागरिक बोलीबाट राजाराम बस्नेतको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई प्राविधिक सहयोग विकास श्रेष्ठले प्रदान गर्नुभएको थियो।

निवर्तमान अध्यक्ष बालकासी गुरुङ र लक्ष्मी गुरुङले उपस्थित सबैलाई सेतो टीका लगाई स्वागत गर्नुभएको थियो। त्यसैगरी धनु गुरुङ, निशा गुरुङ, सिमा गुरुङ, आशा गुरुङ र अञ्जु गुरुङले सामूहिक स्वागत नृत्य प्रस्तुत गर्नुभयो।

सांस्कृतिक कार्यक्रममा नेपाल तामाङ घेदुङ साइप्रसबाट मनिसा लोप्चन तामाङले म्हेन्दोमाया नृत्य, शेर्पा किदुकबाट आङ सोनिम शेर्पाले एकल स्याब्रु नाच प्रस्तुत गर्नुभयो। किरात याक्थुङ चुम्लुङबाट स्मृति लिम्बु, किरात राई यायोक्खा साइप्रसबाट निरुता राई, सम्झना राई र सावित्र बान्तावा राईले मौलिक नृत्य प्रस्तुत गरे। साथै अबु लिम्बु र पवित्र गुरुङले पनि छुट्टाछुट्टै नृत्य प्रस्तुति दिएका थिए।

कार्यक्रममा शान्ति सेनामा कार्यरत आर्मी फोर्सका डम्बर गुरुङले सभापति सुनिता गुरुङ र महासचिव आयुष्मा गुरुङलाई कदरपत्रद्वारा सम्मान गर्नुभएको थियो। आयोजक तमु समाज साइप्रसले उपस्थित अतिथिहरू, मिडियाकर्मीहरू, कलाकारहरू तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरेको थियो।

कार्यक्रमको समापनमा सभापति सुनिता गुरुङले समापन मन्तव्य राख्दै कार्यक्रम सफल बनाउन अहोरात्र खटिनुहुने सबैलाई विशेष धन्यवाद दिँदै उपस्थित सम्पूर्ण महानुभावहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर