नेपाली सेफहरूको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यसहित Inter-College Cooking Competition 2025 आयोजना हुँदै

काठमाडौं, २०८१ बैशाख ४ – नेपाली सेफहरूको व्यक्तित्व विकास, सीप अभिवृद्धि तथा नेपाली परिकारको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई लक्ष्य गरी अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको आयोजनामा “Inter-College Cooking Competition 2025” यही बैशाख ४ गते सम्पन्न हुँदैछ।

कुकिङ क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई सिर्जनशीलता, दक्षता र व्यावसायिक कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता नेपाली पाककला क्षेत्रको स्तरीय विकासतर्फ एक महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

कार्यक्रमको मुख्य प्रायोजकका रूपमा Academy of Culinary Arts & Hospitality Management, ललितपुरCenter for Leadership & Entrepreneurship रहेका छन्। प्रतियोगितामा विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरूको सहभागिता रहेको छ, जसले कार्यक्रमलाई अझ विविधतापूर्ण र प्रतिस्पर्धात्मक बनाएको छ।

प्रतियोगितामा सहभागी कलेजहरू:

  • Academy of Culinary Arts & Hospitality Management, ललितपुर
  • Himalayan White House International College
  • सरस्वती बहुमुखी क्याम्पस, ठमेल
  • Himalaya College, विराटनगर
  • EECOM School of Excellence, ललितपुर
  • Ritz College of Hospitality Management, ललितपुर
  • PHCA, बत्तीसपुतली, काठमाडौं
  • Sankalpa College, बनेपा, काभ्रे
  • StarChef Hospitality Pvt. Ltd., नयाँ बानेश्वर, काठमाडौं
  • Aroma Hospitality, बुटवल
  • Little Angels’ College of Management (काठमाण्डु विश्वविद्यालयसँग सम्बद्ध)
  • Shubhashree College of Management, नयाँ बानेश्वर, काठमाडौं

प्रतियोगिताले नेपाली युवाहरूलाई नयाँ स्वाद, आधुनिक पाक प्रविधि र नविनतम प्रस्तुतीकरणमार्फत आफूलाई प्रमाणित गर्ने अवसर प्रदान गर्नेछ। साथै, यसले उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र समर्पणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले लिएका छन्।
प्रतियोगिताको विशेषता

यो प्रतियोगिताको मूल्याङ्कन अनुभवी र प्रसिद्ध सेफहरूको समूहले गर्नेछन्। उनीहरूले प्रतियोगीहरूले बनाएका परिकारको स्वाद, सजावट, नयाँपन (रचनात्मकता) र स्वास्थ्यका पक्ष (पोषण मूल्य) हेरेर निर्णय गर्नेछन्।

वरिष्ठ निर्णायकहरू:

  • गोविन्द नरसिंह केसी
  • अतिम सुइतिम
  • हुमन लिम्बू
  • लक्ष्मण प्रसाद भण्डारी

कनिष्ठ निर्णायकहरू:

  • एल.बी. कौशल
  • साई कुमार शर्मा
  • सुनिता लामा
  • सन्दीप खत्री
  • आर.के. लामा

कार्यक्रमलाई राम्रोसँग सञ्चालन गर्नका लागि अरुण अधिकारीरत्नबहादुर थापा सल्लाहकारको रूपमा रहेका छन्। कार्यक्रमको सहज र रमाइलो सञ्चालन विक्रम भिक्सले गर्नुहुनेछ।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले यस्ता कार्यक्रमहरू मार्फत नेपाली खाना संस्कृति, सेफहरूको पहिचान र आतिथ्य व्यवस्थापन क्षेत्रमा मुलुकको गौरव बढाउने अभियानलाई निरन्तरता दिँदै आएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर