नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई उनको निवास मैजुबहलबाट आज बिहान पक्राउ गरिएको छ

बैशाख २७, काठमाडौँ
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई उनको निवास मैजुबहलबाट आज बिहान पक्राउ गरिएको छ । बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी जडीबुटीबाट पक्राउ परेका छन् । सोही घटनामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेका छन् भने रायमाझीका छोरा सन्दीप रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डे ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

