कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले टीकापुर घटनामा संलग्न नेता तथा फरार सांसद लक्ष्मी महतो कोइरीमाथिको मुद्दा फिर्ता लिन संसदमा विधेयक दर्ता गराएको छ ।

बैशाख ३१ ,काठ्माडौँ
आपराधिक अभियोगमा संलग्न राजनीतिक अपराधीलाई उनमुक्ती दिने विधेयक संसदमा दर्ता भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले टीकापुर घटनामा संलग्न नेता तथा फरार सांसद लक्ष्मी महतो कोइरीमाथिको मुद्दा फिर्ता लिन संसदमा विधेयक दर्ता गराएको छ । टीकापुर घटनामा रेशम चौधरी र मधेस आन्दोलनमा प्रहरी हत्यामा नेकपा एमालेका सांसद लक्ष्मी महतोको संलग्नता रहेको आरोप छ । मधेस आन्दोलनका क्रममा महतो कोइरीमाथि प्रहरी सहायक निरीक्षक थमन विश्वकर्माको हत्या गरेको आरोप लागेको थियो ।सरकारले केही दिनअघि संसद् सचिवालयमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको थियो ।

