राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्

बैशाख २४ , काठमाडौँ
नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य आइतबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा प्रवेश गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्रालयको नेतृत्व गर्दै आएका नेपाल समाजवादी पार्टीका महिन्द्राराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आचार्य कपिलवस्तु–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
यसअघि बुधबार नेपाली काँग्रेसका तीन सांसद धनराज गुरुङ, मोहनबहादुर बस्नेत र दिगबहादुर लिम्बुलाई मन्त्री नियुक्त गरिएको थियो ।

