भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आठ जनालाई अदालतबाट म्याद थप

पक्राउ परेकाहरुलाई अदालतले ७ दिनको म्याद थप गरेको काठमाडौं प्रहरी वृत्तका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

बैशाख २४ , काठमाडौँ

भुटानी शरणार्थीलाई अमेरिका पठाउने आश्वासन दिएर ठगी गरेको अभियोगमा पक्राउ परेका आठजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि म्याद थप गरेको छ ।

पक्राउ परेकाहरुलाई अदालतले ७ दिनको म्याद थप गरेको काठमाडौं प्रहरी वृत्तका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

यस प्रकरणमा संलग्न भएको आरोपमा हाल उपराष्ट्रपति कार्यालयमा सचिव र यसअघि गृहसचिव रहेका टेकनारायण पाण्डेसहित आठजना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको बयानका आधारमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले वैशाख २१ गते साउखेलस्थित निवासबाट पक्राउ गरेको थियो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर