राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनी आइतबार राति नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

काठमाडौं, बैशाख १८ ,

राष्ट्रपति रामचन्द्र पौडेल भारतको एम्समा सफल उपचार गराएर स्वदेश फर्किएका छन् । उनी आइतबार राति नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
राष्ट्रपति पौडेलको भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)मा उपचार भएको थियो ।स्वास्थ्यमा केही समस्या देखिएपछि राष्ट्रपतिलाई थप उपचारका लागि अप्रिल १९ गते भारत लगिएको थियो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर