रेडियो क्रान्तिका अध्यक्ष तथा प्रबन्ध निर्देशक बने प्रा.डा.शाह,गरे मस्तिष्क पक्षघात बालबालिकालाई सहयाेग

ललितपुर । विजयादशमीको अवसरमा लालित्य मिडिया प्रा. लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका प्रा. डा. शाहले सामाजिक सेवामा पनि हात अघि बढाएका छन्।

शाहले गोदावरी नगरपालिका–१४, ठैबस्थित ठैब मस्तिष्क पक्षघात संरक्षक समाजलाई रु. ५ हजार १२३ आर्थिक सहयोग गरेका हुन्। मस्तिष्क पक्षघात भएका बालबालिकाको संरक्षण तथा हेरचाहमा केही सहजता होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको उनले बताए।

सहयोग प्रदान गर्दै शाहले आगामी दिनमा पनि संस्थालाई आफ्नो तर्फबाट साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्। मस्तिष्क पक्षघात भएका बालबालिकाको संरक्षण, स्याहार र आवश्यक सहयोगका लागि क्रियाशील संस्थालाई प्राप्त यस सहयोगले बालबालिकाको हेरचाहमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, लालित्य मिडिया प्रा. लि.को नेतृत्व सम्हाल्दै शाहले रेडियो क्रान्ति ९०.४ मेगाहर्जलाई थप प्रभावकारी, विश्वसनीय र जनमुखी सञ्चारमाध्यमका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सत्य र निष्पक्ष पत्रकारितालाई प्राथमिकता दिँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने आफ्नो लक्ष्य रहेको उनले बताएका छन्।

नयाँ जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई समेत अघि बढाएका शाहको सहयोगले मस्तिष्क पक्षघात भएका बालबालिकाको संरक्षणमा थप सहयोग जुटाउन सकारात्मक सन्देश दिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर