कांग्रेस भीमेश्वर नगर सभापतिमा साजन तामाङ

नेपाली कांग्रेस (देउवा पक्ष) को १५औँ महाधिवेशनअन्तर्गत दोलखाको भीमेश्वर नगर सभापतिमा साजन तामाङ निर्वाचित भएका छन्।

नगर अधिवेशनबाट तामाङको सभापतित्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो। यसैगरी समितिको उपसभापतिमा प्रकाश ओली र ढालबहादुर थामी तथा सचिवमा श्रवणकुमार चौलागाईं चयन भएका छन्। सदस्यमा सहदेव मास्केसहितको सशक्त नगर समिति गठन भएको छ।

दोलखाको सदरमुकामसमेत रहेको भीमेश्वर नगरपालिकामा देउवा पक्षको सबल सांगठनिक उपस्थिति र उत्साहजनक सहभागिताका बिच अधिवेशन सम्पन्न भएको हो। नवनिर्वाचित नेतृत्वले भीमेश्वर नगरपालिकामा पार्टी संगठनलाई अझ सुदृढ, एकजुट र जनमुखी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
2
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर