क्यानका अनुसार उक्त फ्लाई दुबईका कर्मचारीहरुलाई टिआइएमा प्रवेशमा रोक लगाइएको छ भने उनीहरुको एयरपोर्ट पास पनि खारेज गरिएको छ ।

काठमाडौं, वैशाख १२
फ्लाई दुबईका नेपालका लागि कन्ट्री म्यानेजर र विमानस्थल प्रबन्धकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) परिसरमा प्रवेश गर्न रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलमा यसको पुष्टि गरेको छ। क्यानका अनुसार उक्त फ्लाई दुबईका कर्मचारीहरुलाई टिआइएमा प्रवेशमा रोक लगाइएको छ भने उनीहरुको एयरपोर्ट पास पनि खारेज गरिएको छ ।
हाल प्रतिबन्धित फ्लाई दुबईका कर्मचारीहरूले फ्लाई दुबईको उडान नं. FDZ576 (ब्७३७-८००) मा चरा ठोक्किएको भन्दै गलत सुचना दिएका थिए । हिजो काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानले टिआइएबाट उडान भर्नेबित्तिकै यसको एउटा इन्जिनमा प्राविधिक गडबडी देखिएको थियो । “क्याप्टेनले राति करिब ९ः२५ बजे इन्जिनमा प्राविधिक समस्या आएको जानकारी गराएको थियो,” टिआईए स्रोतले भन्यो ।

