नेपाल तामाङ घेदुङ साइप्रसद्वारा नवौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

साइप्रस ।

तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको संवर्द्धन गर्ने मूल उद्देश्यका साथ स्थापित नेपाल तामाङ घेदुङ साइप्रसले आफ्नो स्थापनाको नवौं वर्षगाँठ विशेष कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।

सन् २०१६ अक्टोबर २३ का दिन स्थापना भएको यस संस्थाले निरन्तर समुदायलाई सकारात्मक योगदान पुर्‍याउँदै आएको यात्राको यो विशेष कोसेढुङ्गालाई ‘नवौं वार्षिकोत्सव कार्यक्रम’ को आयोजना गरेर उत्सव मनाइएको हो।

संस्थाका पदाधिकारी, सदस्यहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमको औपचारिक सुरुवात संस्थाकी लामा विभाग सदस्य दावा याङजी तामाङज्यूले मोलाम पाठसहित गर्नुभएको थियो।

त्यसपश्चात्, संस्थाकी वरिष्ठ उपाध्यक्ष नानी माया मोक्तानज्यूले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। वार्षिकोत्सवको अवसरमा विगतका संस्थागत गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरिनुका साथै संस्थाको प्रगतिमा उत्कृष्ट योगदान पुर्‍याउने सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ (एनआरएनए) साइप्रसका अध्यक्ष धाता नन्द पाण्डेज्यूले संस्थाले समाजमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँसहित विभिन्न संघ संस्थाका प्रतिनिधि अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै आगामी वर्षहरूमा अझ प्रभावकारी सेवाका लागि नेपाल तामाङ घेदुङ साइप्रसलाई शुभकामना दिनुभएको थियो।

संस्थाका अध्यक्ष प्रदीप ग्लान तामाङज्यूले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो। यसरी नेपाल तामाङ घेदुङ साइप्रसको नवौं वार्षिकोत्सव समारोह सफलतापूर्वक सम्पन्न भएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर