सुनको मूल्य प्रतितोला नौ हजार ३ सय रुपैयाँले बढ्याे

काठमाडौं ।स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार ३ सय र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

असली चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ रुपैयाँ निर्धारण भएको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला तीन लाख चार हजार १ सय र असली चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर